कति छ विदेशी मुद्राको विनिमय दर ?
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्वजिनक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ १२ पैसा र बिक्री दर १४४ रुपैयाँ ७७ पैसामा कारोबारको अनुमति दिएको छ ।
बेलायती पाउण्ड भाउ घटेर एकको खरिद दर १६८ रुपैयाँ १६ पैसा र बिक्री दर १६८ रुपैयाँ ९२ पैसा कायम हुँदा राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रूपैयाँ ३३ पैसा तथा बिक्री दर ८७ रूपैयाँ ७३ पैसा, क्यानेडियन डलर ९८ रूपैयाँ १० पैसा तथा बिक्री दर ९९ रूपैयाँ ८५ पैसामा कारोबार गर्न अनुमति दिएको छ ।
हिजो बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७९ पैसा र बिक्री दर १६९ रुपैयाँ ५५ पैसामा कारोबार भएको थियो ।
जापानी येन १० को खरिददर ९ रूपैयाँ ०५ पैसा तथा बिक्री दर ९ रूपैयाँ ०९ पैसा बराबर भाउ पाउँदा चाइनिज युआन १ को खरिद दर १८ रूपैयाँ ६४ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७२ पैसा कायम गरिएको छ ।
साउदी रियाल १ को खरिद दर ३५ रूपैयाँ ४९ पैसा तथा बिक्री दर ३५ रूपैयाँ ६५ पैसा, युएइ दिराम १ को खरिददर ३६ रूपैयाँ ५१ पैसा तथा बिक्री दर ३६ रूपैयाँ ६७ पैसा कायम हुँदा कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसामा कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया