यस्तो छ एनसेलले प्राधिकरणलाई पठाएको जवाफी पत्र
काठमाडौँ- एनसेल आजियटा लिमिटेडले शेयर खरिदबिक्रीसम्बन्धी कागजात सङ्कलनको क्रममा रहेकाले चाँडै त्यसबारे नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी दिने भन्दै पत्र पठाएको छ ।
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शेयर खरिदबिक्रीबारे एनसेलसँग जानकारी माग गरिएकामा त्यसको जवाफ प्राप्त भएको बताए । उनका अनुसार एनसेलको शेयर खरिदबिक्रीबारे जानकारी मागसहित प्राधिकरणले मङ्सिर १५ गते पत्राचार गरेकोमा मङ्सिर १९ गते त्यसको जवाफ प्राप्त भएको छ ।
शेयर खरिदबिक्रीसँग सम्बन्धित कागजात सङ्कलनका क्रममा रहेको र नेपालको विद्यमान कानुनी प्रावधानभित्र रहेरै त्यसबारे सम्बन्धित निकायलाई जानकारी दिने तयारी रहेको बताएको छ ।
'कम्पनीलाई प्राप्त जानकारीअनुसार यस कम्पनीको शेयरधनी रेनोल्ड होल्डिङ लिमिटेडको शतप्रतिशत शेयर खरिदबिक्री गर्ने सम्बन्धमा आजियटा युके र स्पेक्ट्रलाइट युके लिमिटेडबीच शेयर खरिदबिक्री सम्झौता भए गरेकोले तहाँको पत्रमा उल्लिखित दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (१) (ट) र नेपाल दूरस प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद विक्री) विनियमावली, २०७६ को विनियम ४ (क) परिपालना प्रयोजनार्थ सोही विनियमावलीको विनियम ५ मा उल्लिखित शेयर खरिद विक्रीका लागि भएको द्विपक्षीय सम्झौ समेतका कागजातहरु तदारुकताका साथ सम्बन्धित पक्षहरुबाट संकलनको क्रममा रहेको व्यहोरा जानकारी गराउन चाहन्छौं' एनसेलले प्राधिकरणलाई पठाएको पत्रमा भनिएको छ ।
एनसेलले प्राधिकरणलाई पठाएको पत्रमा भनिएको छ 'एनसेल आजियटा लिमिटेड कानूनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकोले आफ्नो कानूनी कर्तव्य पालनामा सदैब जागरुक र कटिवद्ध रहे/भएको तहाँ प्राधिकरणमा अवगतै छ । अतः तहाँको पत्रमा उल्लिखित नियमावली र विनियमावलीका प्रावधानहरूको पूर्ण परिपालना गर्न सदाझैँ एनसेल आजियटा लिमिटेड प्रतिवद्ध रहेको व्यहोरा सादर निवेदन गर्दै नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिदबिक्री विनियमावली, २०७६ को विनियम ५ मा उल्लिखित कागजातहरू संकलन हुनासाथ तत्काल सो कागजातहरू संलग्न गरी दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (१) (ट) र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप् व्यक्तिको शेयर खरिदबिक्री) विनियमावली, २०७६ को विनियम ४ (क) बमोजिम तहाँ प्राधिकरण समक्ष शेयर खरिदबिक्री स्वीकृतिका लागि निवेदन पेश गरिने व्यहोरासमेत सादर अवगत गराउन चाहन्छौं ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया