अर्थ / बाणिज्य

सुनको मूल्य बढ्यो, तोलाका १८ हजार ६००

इकागज |
मंसिर २१, २०८० बिहीबार ११:२३ बजे

फाइल तस्बिर

काठमाडौँ - आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँ  बढेको छ । छापावाल सुन तोलामा एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । 

बुधबार छापावाल सुन तोलामा एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
 
चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँ घटेको छ । आज चाँदी तोलामा एक हजार ४६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



Author

थप समाचार
x