छातीको दायाँबायाँ राखेर ल्याएको १४ किलो सुन एयरपोर्टबाट बरामद
काठमाडौँ- त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले १४ किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार राति ११:४० को फ्लाइ दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौँ आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद गरेको हो ।
घलेले सुनको प्लेट बनाएर शरीरमा राखेर सुन ल्याएको भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले बताए । बिस्कुट आकारको ७ थान (१४ किलो) सुन कपडामा बेरेरे छातीको दायाँबायाँ राखेर ल्याएको उनले जानकारी दिए ।
उक्त सुन गोरखाका मीनबहादुर घलेको भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको उनले बताए । मीनबहादुरलाई पनि राति नै पक्राउ गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया