अबको पर्यटन त्यस्तै होइन, छुट्टै हुनुपर्छ : अर्थमन्त्री महत
पोखरा- अर्थमन्त्री डा. प्रकाशशरण महतले अबको पर्यटन त्यस्तै होइन, छुट्टै हुनुपर्ने बताएका छन् । शुक्रबार पोखरामा ८ औं पर्वतीय महोत्सवको उद्घाटन गर्दै मन्त्री डा. महतले प्राकृतिक र अर्गानिक उत्पादन मात्र सर्भ गर्न पोखराका व्यवसायीलाई अनुरोध गरे ।
मन्त्री डा. महतले भने, ‘एउटा होटलबाट सुरु गरौं न यो काम । त्यसपछि यहाँका कृषि उत्पादनले बजार पाउँछ । बजार पाएपछि यहाँका किसानले प्राकृतिक र अर्गानिक खेती गर्न थाल्छन् । खानपिन, रहनसहन, भेषभूषा अर्गानिक र पुरानो शैलीको निर्माणले मात्र अब पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।’
‘पर्यटकको आगमनले हाम्रो जनजीवन पनि माथि उठ्छ । स्थानीय उत्पादनलाई सरकारले अनुदान दिन्छ । स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न आयातमा हामीले भ्याट लगाएका हौं । स्याउको उत्पादनलाई प्रवर्द्धन गर्न आयातितलाई भ्याट लगाइएको हो,’ मन्त्री डा. महतले भने, ‘कृषि उद्यमीले अब ठूलो स्केलमा उत्पादन गर्नुपर्छ, जग्गा छ, मान्छे छैन भने उनीहरूको जग्गा पनि भाडामा लिएर उत्पादन बढाउनुपर्छ ।’
पर्वतीय महोत्सवको महत्व एकदमै ज्यादा भएको मन्त्री डा. महतले बताए । उनले हिमशृङखलाबाट बग्ने साना-ठूला नदीहरूले दक्षिण एसिया सिञ्चित भएको र जलवायु परिवर्तनको असरले हाम्रा हिमाल र पहाडमा देखिएको प्रभाव तल्ला भूभाग भारत र बंगलादेशसम्म पुग्ने निश्चित रहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया