अर्थ / बाणिज्य

त्रिभुवन विमानस्थलबाट ६ किलो सुनसहित तीन विदेशी पक्राउ

इकागज |
मंसिर २४, २०८० आइतबार १०:३४ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी नागरिकले ल्याएको ६ किलो सुन बरामद भएको छ । शनिबार राति भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो  ।

विमानस्थल प्रहरी प्रमुख डिआईजी अर्जुन चन्दले फ्लाइ दुबईको एफजेड ५७३ नम्बरको जहाज चढेर काठमाडौं आएका इजिप्ट र सुडानका नागरिकहरु सुनसहित पक्राउ परेको जानकारी दिए । उनका अनुसार एक जना इजिप्टसियन र दुई जना सुडानी नागरिक छन् ।  पौने १२ बजे विमान अवतरण गरेको थियो । प्रहरीले उनीहरूलाई पौने १ बजे नियन्त्रणमा लिएको हो ।


'भन्सार कस्टम कटिसकेपछि प्रहरीले शंका लागि  खानतलासी गर्दा हाफ ज्याकेटमा पकेट बनाएर ल्याएका थिए,' उनले भने । ६ वटा बिस्कुट जस्तो अर्ध ठोस अवस्थामा जस्तो सुन फेला परेको र तौलदा ६ किलो ५६५ ग्राम रहेको उनले जानकारी दिए ।

'अरबीक भाषा बोलेकाले यिनिहरूको भाषा बुझिदैन । दुबईबाट भरिया भएर आएको जस्तो देखिन्छन । इन्डिया इन्डिया मात्र भन्छन इन्डियनले पठाएको जस्तो बुझिन्छ,'उनले भने ।

केही दिनअघि मात्र विमानस्थलबाट गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए । उनलाई भन्सार विभागले अनुसन्धान गरिरहेको छ ।

 


Author

थप समाचार
x