नेपाल–चीन कार्यकारी परिषद्ले दियो ५० लाख रुपैयाँ मूल्यका स्वास्थ्य सामग्री
काठमाडौँ : नेपाल–चीन कार्यकारी परिषद्ले सहिद गंगालाल अस्पतालका लागि अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । अक्सिजन कन्सन्ट्रेटर, पावर्ड एयर प्युरिफायर रेस्पिरेटर, पीपीईज्, सर्जिकल तथा एन९५ मास्क, सर्जिकल गाउन, सेनिटाइजर, सर्जिकल ग्लोभ्स लगायत सामग्री अस्पतालको कोभिड युनिटलाई प्रदान गरिएको परिषद्ले जनाएको छ ।
नेपाल–चीन कार्यकारी परिषद्का अध्यक्ष अनुपरञ्जन भट्टराईले यसअघि कोभिड–१९ को पहिलो लहरमा पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको उल्लेख गरे । परिषद्ले गत वर्ष मास्क, ग्लोभ्स तथा सेनिटाइजर चीनका सिचुवान र युनान प्रदेश सरकारलाई पठाएको थियो ।
उक्त सहयोग प्रदान गरेकोमा गंगालाल अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारीले धन्यवाद दिएका छन् । नयाँ पावर्ड एयर प्युरिफाइङ रेस्पिरेटर कोभिडका बिरामीसँग प्रत्यक्ष सम्पर्कमा आउनेलाई संक्रमण हुनबाट जोगाउने एनेस्थेसियोलोजी विभागका प्रमख आशिष गोविन्द अमात्यले बताए ।
बुधबार परिषद्दे राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरको कोभिड युनिटका लागि यस्तै स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो । त्यस्तै, कान्ति बाल अस्पताललाई पनि बालबालिकाका लागि उपयुक्त मास्क हस्तान्तरण गरिएको थियो । यो सहयोग तिब्बतको समकक्षी संस्थाले परिषद्लाई अनुदानमा दिएको हो । नेपाल–चीन कार्यकारी परिषद्ले तिब्बतको उक्त समकक्षी संस्थाको सहयोगमा महामारी शुरु भएयता झण्डै १० लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री नेपालका लागि अनुदानमा पठाइसकेको छ ।
चीनले अनुदानमा पठाएका स्वास्थ्य सामग्री काठमाडौंमा मात्र नभएर देशका अरु भागमा पनि पठाइएको अध्यक्ष भट्टराईले बताए । अहिलेसम्म २० सरकारी अस्पतालहरूमा हस्तान्तरण भएकोमा भद्रपुर र धनगढीमा पनि हस्तान्तरण गरिएको थियो । प्रदेश १ मा मात्रै परिषद्ले ७ करोड ५० लाख मूल्यमा भेन्टिलेटर, पीसीआर मेसिन, मोबाइल एक्स–रे मेसिन, मोबाइल अल्ट्रासाउण्ड अनुदानमा उपलब्ध गराइसकेको नेपाल–चीन कार्यकारी परिषद्ले जनाएको छ ।
नेपाल–चीन कार्यकारी परिषद् सन् २००३ मा व्यापार, लगानी र पर्यटन प्रवद्र्धन गर्नेगरी स्थापित भएको संस्था हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया