अर्थ / बाणिज्य

बीमा सर्भेयरको भूमिका महत्वपूर्ण : अर्थमन्त्री महत

इकागज |
मंसिर २९, २०८० शुक्रबार १३:३४ बजे

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले बीमा सर्भेयरको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । बीमा सर्भेयर संघ नेपालले आयोजना  गरेको कार्यक्रममा अर्थमन्त्री डा. महतले भने, ‘सुरुवात धेरै अगाडिदेखि भए पनि बीमा नेपालका लागि आम विषय बनिसकेको छैन, जोखिम न्यूनिकरण गर्नका लागि यसको आवश्यकता छ भन्ने धारणा अझै विकसित भइसकेको छैन । मलाई समस्या आउँदैन, किन बीमामा सहभागी हुने भन्ने धारणा छ ।’ 

अहिले बीमा सचेतनाको आवश्यकता रहेको औंल्याउँदै मन्त्री डा. महतले भने, ‘जीवन होस् वा निर्जिवन जोखिममा पर्‍यो भने झमेला हुँदैन । यो विश्वास दिलाउनुपर्छ । नेपालमा दुई वटा समस्या छ, हरेकलाई समस्या आइपर्न सक्छ, अहिले हामीले केही योगदान दिएर भोलि आइपर्न सक्ने ठूलो जोखिमको निवारण बीमाबाट हुन्छ भन्ने सचेतना जगाउनुपर्ने छ । जसले बीमा गरिसकेको छ, आपत पर्दा तिर्न बीमा कम्पनीहरूले आनाकानी गर्छन् । यसले सम्भावित बीमा लिन खोज्नेहरूलाई पनि  बीमा विस्तारमा अवरोध पुर्‍याउँछ ।’


देखिएका समस्या समाधानका लागि बीमामा जोडिएका सबै र बीमाको नियमक निकाय प्राधिकरणले काम गर्ने तौरतरिकालाई आमूल परिवर्तन मन्त्री डा. महतले आग्रह गरे । उनले व्यवसायिकतालाई मध्यनजर राखेर हामीले काम गर्नुपर्ने बताए ।

‘बीमा कम्पनीहरूले लिने बेला विज्ञापन गर्ने, रिर्सोस जम्मा गर्ने र दिनुपर्‍यो भने अनेकौँ झमेला झिक्ने गरिन्छ । त्यहीनेर सर्भेयरको काम आउँछ । उनीहरूको बीचमा बसेर सर्भेयरले काम गरिदियो भने प्रभावकारी हुन्छ’ मन्त्री डा. महतले भने, ‘बीमा सर्भेयर महत्वपूर्ण भूमिका हुन्छन् । कुनै प्रभावमा नपरी जे यथार्थ हो, त्यो राखेर समस्या समाधान गर्नुपर्छ । यो भयो भने कसैले यसमा खेल्न सक्दैन । बीमालाई नयाँ उचाइमा पुर्‍याउन सर्भेयरको भूमिका महत्वपूर्ण हुन्छ ।’


Author

थप समाचार
x