अर्थ / बाणिज्य

नेप्से २.३८ अंकले घट्यो

इकागज |
मंसिर ८, २०७७ सोमबार १७:३८ बजे

काठमाडौं । लगातार बढीरहेको सेयर बजार सोमबार सामान्य ‘करेक्सन’ भएको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक आज २.३८ अंक अर्थात् ०.१३ प्रतिशतले घटेको हो । सोमबार नेप्सेमा दैनिक कारोबारको आकारमा पनि गिरावट आएको छ । पछिल्लोपटक आइतबार सेयर बजार बुलिश ट्रेण्डमा जान थालेसँगै दैनिक सबैभन्दा उच्च ६ अर्ब ९० करोड रुपैँयाको कारोबार भएको थियो ।
सोमबार नेप्सेमा १९९ कम्पनीका ४ अर्ब ७६ करोड २७ लाख रुपैँया मूल्य बराबरका एक करोड २० लाख २१ हजार तीन सय ४७ कित्ता सेयर ४६ हजार दुई सय ४० ओटा किनबेचमार्फत् कारोबार भएको छ ।
सोमबार बैंकिङ्ग, ट्रेडिङ्ग, होटल तथा म्यानुफ्याक्चरिङ र प्रोडक्सनबाहेक अन्य सबै उपसमूहका परिसूचकहरु ऋणात्मक भएका छन् । सोमबार विकास बैंक, जलविद्युत्, वित्त कम्पनी, निर्जिवन बिमा कम्पनी, लघुवित्त, जीवन बीमा, म्युचुअल फण्ड तथा अन्य उपसमूहका परिसूचक भने ऋणात्मक भएका छन् । 
बैंकिङ्ग उपसमूहको परिसूचक ६.०५ अंकले बढेर १,३५७.९७ अंक पुगेको छ । ट्रेडिङ उपसमूहको परिसूचक २९.१७ अंकले बढेर २,०९८.३५ अंकमा पुगेको छ । त्यस्तै, होटल उपसमूहको परिसूचक ७६.६९ अंकले बढेर २,११०.७९ अंकमा पुगेको छ । त्यस्तै, म्यानुफ्याक्चरिङ तथा प्रोडक्सन उपसमूहकको परिसूचक १३३.९८ अंकले बढेर ३,८७८.५५ अंकमा पुगेको छ । 
त्यस्तै विकास बैंक उपसमूहको परिसूचक १.८१ अंकले घटेर २,११०.५८ अंकमा अडिएको छ भने जलविद्युत् र वित्त कम्पनी उपसमूहको परिसूचक क्रमशः १.७५ र १.७६ अंकले घटेर १,४२४.९० र ८८३.२९ अंकमा रोकिएको छ । 
जीवन बीमा र निर्जीवन बीमा कम्पनीको सेयरमा सबैभन्दा ठूलो गिरावट आएको छ । जीवन र निर्जीवन बीमा कम्पनी उपसमूहको परिसूचक क्रमशः १८२.४ अंक र १२५.९७ अंकले घटेर क्रमशः १०,६६५.६५ अंक र ९,२४१.५२ अंकमा रोकिएो छ । नेपाल टेलिकमको समेत सेयर सूचीकृत भएको अन्य उपसमूहको परिसूचक १६.०७ अंकले घटेर १,३५५.९७ अंकमा झरेको छ । त्यस्तै, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक क्रमशः २०.९१ अंक र ०.१७ अंकले घटेर २,७४३.३८ अंक र ११.३४ अंकमा रोकिएका छन् । 
 



Author

थप समाचार
x