बर्दघाटमा निर्माणाधीन उद्योगको ट्रष्ट भत्किँदा १० भारतीय मजदुर घाइते
परासी- पश्चिम नवलपरासीमा एक निर्माणाधीन उद्योगको ट्रष्ट भत्किँदा १० जना मजदुर घाइते भएका छन् ।
बर्दघाट नगरपालिका-१२ स्थित भटौलियामा निमार्णाधीन कजरिया टायल्स् उद्योगको ट्रष्ट भत्किएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । उद्योगको संरचना निर्माणको काम भइरहँदा क्रेनले ट्रष्टमा ठक्कर दिएको थियो । त्यसपछि ट्रष्ट भत्किँदा १० जना घाइते भएका हुन् ।
घाइते मध्ये ९ जनाको चौपत्ता सामुदायिक अस्पताल बर्दघाटमा उपचार भइरहेको प्रहरीको भनाइ छ । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
गम्भीर घाइतेलाई थप उपचारको लागि युनिर्भसल मेडिकल कलेज रुपन्देही पठाइएको छ । घाइते सबै भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया