उद्यमशीलताको पहिचान खोज्दै हल्ट प्राइज एट आईओईको मेन्टरिङ
काठमाडौं - हल्ट प्राइज एट आइओइले 'सामाजिक उद्यमशीलता'को परिचय कार्यक्रम सम्पन्न गरेको छ । जुममार्फत हल्ट प्राइजले कार्यक्रम गरेको थियो । रियाज नेपालको आयोजनामा भएको कार्यक्रममा सामाजिक उद्यमीहरू समय खड्का, आकृत ढुङ्गेल र निरज काफ्लेले आ-आफ्नो विचार राखेका थिए ।
पुल्चोक क्याम्पसका डिरेक्टर आदित्य पाण्डेले हल्ट र यस वर्षको विषयवस्तुको संक्षिप्त परिचय दिएर सहभागीहरूलाई मेन्टरशिप सत्रमा स्वागत गरेका थिए ।
शेयरिङ अपर्चुनिटिजका सीईओ समय खड्काले आफ्नो असाधारण यात्राको वृत्तान्त बताउँदै अनलाइन मञ्च, शिक्षा र उत्पादन डिजाइनमा सफल हुने बारेमा प्रकाश पारेका थिए । अन्लीअप्लाइको सहसंस्थापक अकृत ढुंगेलले व्यापार खेल परिवर्तन गर्ने चुनौती र अवसरहरूलाई कसरी नेभिगेट गर्ने र बलियो बनाउने भन्ने कुरा बताए ।
अफरिङ ह्यापिनेसका सह(संस्थापक निराज काफ्लेले आफ्नो व्यक्तिगत यात्रा, प्रभावका कथाहरू, नवप्रवर्तनी विधिहरू, सहकार्य, नैतिक अभ्यास र चुनौतीहरूलाई पार गर्ने बारे कुराकानी गरेका थिए ।
यस वर्ष, हल्ट प्राइज एट पुल्चोक क्याम्पसले आयोजक साझेदारको रूपमा टास्केड, राष्ट्रिय वाणिज्य बैंक र प्रोटोजोआ होस्टसँग हातेमालो गरेको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया