आठौं घरजग्गा मेलामा २ अर्ब ५० करोड बढी कारोबार, ४० हजार बढीले गरे अवलोकन
काठमाडौँ- आठौं घरजग्गा मेलामा २ अर्ब ५० करोड भन्दा बढीको कारोबार भएको छ ।
पौष १२ गतेदेखि सञ्चालन भएको ४ दिने मेलामा २ अर्ब ५० करोडभन्दा बढीको कारोबार भएको नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले बताए । उनले ४० हजारभन्दा बढी अवलोकन कर्ताहरूले मेला अवलोकन गरेको बताए । उनले मेला सोचेको भन्दा पनि राम्रो भएको जिकिर गरे ।
मेलामा क्रेताहरू र बिक्रेताहरू एकै ठाउँमा भेला भइ सबै कुरा जानकारी लिएर आफूले लगानी गर्न पाउनु राम्रो भएको उनको भनाइ छ । उनले अर्को पटकको एक्स्पोमा झनै विशेष सुविधा र छुटसहित गर्ने प्रतिबद्धता समेत जनाए । लिखित र मौखिक रूपमा सरकारले केही गरोस् भनेर सुझाव दिए पनि काम नबनेपछि व्यवसायीहरू सबै मिलेर मेला गर्दा सफल भएको बताए । उनले २०७६ सालमा भएको मेलामा भन्दा १.५ प्रतिशत बढी व्यापार गरेको बताए ।
धमलाले मेलाबाट आशावादी हुने ठाउँ धेरै रहेको बताए । आठौं घरजग्गा मेला पौष १२ गतेदेखि सञ्चालन भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया