अर्थ / बाणिज्य

कति छ आज विदेशी मुद्राको विनिमयदर ?

इकागज |
पुस १९, २०८० बिहीबार ९:१६ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

बिहीबार अमेरिकी डलरको भाउ घटेको छ । बिहीबार एकको खरिददर १३२ रूपैयाँ ९५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५५ पैसा कायम गरिएको छ ।


बुधबार अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ २ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६२ पैसामा कारोबार भएको थियो ।

अघिल्लो दिनको तुलनामा बिहीबार ७ पैसाले घटेको हो ।

यस्तै, युरोपियन युरो ८१ पैसाले घटेको छ । आज युरो एकको खरिदमा १४५ रूपैयाँ २२ पैसा र बिक्रीमा १४५ रूपैयाँ ८८ पैसा तोकिएको छ । बुधबार युरो एकको खरिद मूल्य १४६ रूपैयाँ ३ पैसा र बिक्रीमूल्य १४६ रूपैयाँ ६९ पैसा तोकिएको थियो ।

त्यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर बिहीबार १६७ रूपैयाँ ८३ पैसा र बिक्रीदर १६८ रूपैयाँ ५९ पैसा तोकिएको छ ।

त्यस्तै अष्ट्रेलियन डलर एकको खरिददर भने ९० रूपैयाँ ४४ पैसा र बिक्रीदर ९० रूपैयाँ ८५ पैसा कायम गरिएको छ ।

त्यसैगरी क्यानेडियन डलरको भाउ पनि घटेको छ । डलर ८४ पैसाले घटेर एक क्यानेडियन डलरको खरिदमा भने ९९ रूपैयाँ ६३ पैसा र बिक्रीमा १०० रूपैयाँ ८ पैसा तोकिएको छ ।
बुधबार क्यानेडियन डलर एकको खरिददर १०० रूपैयाँ २८ पैसा र बिक्रीमा १०० रूपैयाँ ७३ पैसामा कारोबार भएको थियो ।

यस्तै बिहीबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४७ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६४ पैसा कायम छ । राष्ट्र बैंकले आज एक साउदी अरेबियन रियालको खरिददर ३५ रूपैयाँ ४५ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६१ पैसा तोकेको छ ।

युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २० पैसा र बिक्रीदर ३६ रूपैयाँ ३६ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिददर बिहीबार २८ रूपैयाँ ७१ पैसा र बिक्रीदर २८ रूपैयाँ ८४ पैसा पाइन्छ ।

बिहीबार कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ २३ पैसा र बिक्रीदर ४३४ रूपैयाँ १८ पैसा तोकिएको छ । त्यसैगरी आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ६७ पैसा र बिक्रीदर ३५४ रूपैयाँ २६ पैसा तोकिएको छ । 

। 


Author

थप समाचार
x