काठमाडौँ महानगरमा मंसिर मसान्तसम्ममा १ लाख १९ हजार करदाताले बुझाए कर
काठमाडौँ- मंसिर मसान्तसम्ममा काठमाडौँ महानगरपालिकाका १ लाख १९ हजार ४५९ जना करदाताले कर तिरेका छन् । यसरी तिरिएको करबाट २ अर्ब ६६ करोड ९८ लाख ४५ हजार ४९४ रुपैयाँ राजस्व संकलन भएको छ ।
जसमा ३५ हजार ५७ जना बहाल करदाता, ३१ हजार ९१६ व्यवसाय करदाता र ५२ हजार ४८६ जना सम्पत्ति करदाता छन् । यस वर्ष ३ लाख ४३ हजार ६४० करदाताको संख्या पुगेको छ । गएको आर्थिक वर्षको अन्त्यसम्ममा कर तिरेका करदाताको संख्यालाई चालु आर्थिक वर्षका लागि करदाताको संख्या मान्ने गरिएको छ ।
सोमबार बसेको राजस्व परामर्श समितिको बैठकमा सदस्य सचिव ध्रुव काफ्लेले करदाता र कर तिर्ने अभ्यासका विषयमा विवरण पेश गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया