दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालद्वारा राजीनामा
काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर खनालले राजीनामा बुझाएका हुन् ।
अध्यक्ष खनाल तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारको पालामा २०७६ साउनबाट प्राधिकरणको जिम्मेवारीमा आएका थिए ।
खनालले मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासमक्ष बुधबारदेखि लागू हुने गरी राजीनामा पत्र बुझाएको मन्त्रालय स्रोतले बतायो । खनालको कार्यकाल आगामी साउन पहिलो सातासम्म थियो । खनाल ९ साउन २०७६मा प्राधिकरणको अध्यक्ष भएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया