अर्थ / बाणिज्य

कति छ आज विदेशी मुद्राको विनिमयदर ?

इकागज |
पुस २५, २०८० बुधबार ९:१६ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । बुधबार अमेरिकी डलरसँगै युरोपियन युरो घटेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ६९ पैसा र बिक्रीदर १३३ रूपैयाँ २९ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४ पैसाले घटेको हो ।


मंगलबार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७३ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३३ पैसामा कारोबार भएको थियो । यसैगरी बुधबार युरो एकको खरिदमा १४५ रूपैयाँ ९ पैसा र बिक्रीमा १४५ रूपैयाँ ७५ पैसा तोकिएको छ । आज युरोमा १७ पैसाले घटेको राष्ट्र बैंकले जनाएको छ । यसअघि मंगलबार युरो एकको खरिद मूल्य १४५ रूपैयाँ २६ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ९० पैसा तोकिएको थियो ।

त्यस्तै बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रूपैयाँ ७४ पैसा र बिक्रीदर १६९ रूपैयाँ ५० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ ८१ पैसा र बिक्रीदर ८९ रूपैयाँ २१ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९९ रूपैयाँ २३ पैसा र बिक्रीमा ९९ रूपैयाँ ६८ पैसा कायम गरिएको छ ।

जापानी येन १० को खरिददर ९ रूपैयाँ २१ पैसा कायम हुँदा बिक्री दर भने ९ रूपैयाँ २५ पैसा रहेको छ भने चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ५२ पैसा तथा बिक्रीदर १८ रूपैयाँ ६० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर १० रूपैयाँ ५ पैसा तथा बिक्रीदर १० रूपैयाँ १० पैसा कायम गरेको जनाइएको छ ।

कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३८ पैसा र बिक्री मूल्य ३५ रूपैयाँ ५४ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १३ पैसा र बिक्रीदर ३६ रूपैयाँ २९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार २८ रूपैयाँ ५८ पैसा र बिक्रीदर २८ रूपैयाँ ७० पैसा कायम गरेको छ ।

साथै कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ६८ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ६३ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ९५ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ५४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


Author

थप समाचार
x