सुनको भाउ घट्यो
फाइल तस्बिर
काठमाडौं - नेपाली बजारमा सुनको मूल्य बिहीबार पनि घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज २०० रूपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला १०० रूपैयाँले घटेको थियो । सो दिन सुन एक लाख १८ हजार ५०० रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बिहीबार चाँदीको भाउ भने स्थिर रहेको माहासंघले जनाएको छ।
बिहीबार चाँदी प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएको र यसअघि बुधबार पनि सोही मूल्यमा चाँदीको कारोबार भएको थियो।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया