एनसेल र विभागबीच पूर्वसूचना प्रणालीसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ- एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको आफ्नो सहकार्यलाई थप विस्तार गरेको छ । यससँगै अब एनसेलले जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोहरूका बारेमा पूर्व सूचना प्रवाह गर्ने भएको छ । यस सम्बन्धमा बुधबार दुवै पक्षले एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
समझदारी पत्र अनुसार, एनसेल र जल तथा मौसम विज्ञान विभागले पूर्व सूचना प्रणाली अन्तर्गत अब १३ वटा प्रकोपहरूका बारेमा आम जनमानसलाई प्रकोप पूर्व सूचना प्रवाह गर्नेछ । ती १३ प्रकोपहरूमा बाढी, आकस्मिक बाढी, वर्षा, चट्याङ, हावा हुरी, आँधी, पहिरो, हिमपहिरो, हिमपात, शीतलहर, डढेलो, वायु प्रदुषण र घुम्रपात रहेका छन् ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले बुधबार एनसेलको कर्पोरेट कार्यालय एनसेल आइकन, लैनचौर, काठमाडौँमा आयोजित एक कार्यक्रममा उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
‘पूर्व सूचना प्रणालीमा अग्रणी भूमिका खेल्दै सन् २०१६ देखि बाढीको पूर्व सूचना पहललाई अगाडि बढाएकोमा एनसेललाई धन्यवाद दिन चाहन्छु । कुनै प्राकृतिक विपद् घट्नुभन्दा अगावै प्राप्त हुने पूर्व सूचना त्यस जोखिमबाट बच्न सफल मानिसका लागि जीवनदान सरह हुन्छ । ग्रासरुट–टु–ग्लोबल एक्सनको अवधारणा अनुरुप पूर्व सूचना प्रवाहका लागि गरिएको यो सहकार्य एक उत्कृष्ट उदाहरण हो' महानिर्देशक कर्माचार्यले भने 'थप १० मौसममा आधारित जोखिमहरूलाई समेट्दै पूर्व सूचना प्रणाली तथा प्रवाहका लागि गरिएको यो सहकार्य एक अर्को कोशेढुङ्गा हो । एनसेल र अन्य साझेदारहरूसँगको सहकार्यमा गरिएको कार्यले जोखियुक्त क्षेत्रमा बसोबास गर्ने मानिस समक्ष सम्पर्क गर्न सहज बनाई हजारौं मानिसहरूको जीवन रक्षा गर्न सफल भएका छौँ । बाढीको प्रकोप बढ्दै गए पनि त्यसबाट हुने मानविय क्षति भने धेरै कम भएको छ र यो हामी सबैको सहकार्यले गर्दा सम्भव भएको हो । यसका लागि एनसेलको योगदानको कदर गर्न चाहन्छु ।'
'जल तथा मौसम विज्ञान विभागसँग १३ वटा विपद्हरूलाई पुर्व सूचना प्रणालीमा समेट्ने गरी यो सहकार्य गर्न पाएकोमा हामी गौरवान्वित छौँ । हामीले सेवा प्रदान गर्ने समुदाय र त्यहाँका नागरिकको सुरक्षा सुनिश्चित गर्ने हाम्रो प्रतिवद्धता अनुरुप गरिएको यो कार्य एक कोशेढुङ्गा हो । सन् २०१६ देखि पूर्व सूचना प्रणालीलाई अघि बढाउँदै आएका छौँ र आम नेपाली जनमानसलाई यस प्रणालीमार्फत सम्भावित विपद्बाट जोगाउने हाम्रो निरन्तरको प्रयास जारी रहने छ' एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ भने 'एनसेल र विभागको यो सहकार्य सार्वजनिक निजी साझेदारीमा कसरी प्रभावकारी कार्यहरू गर्न सकिन्छ भन्ने एक ज्वलन्त उदाहरण हो । एनसेल नेपाल र नेपालीको हितको लागि सदैव काम गर्न तत्पर छ र यसै अनुरुप आगामी दिनमा पनि प्रभावकारी कार्यहरूमा सहकार्य गर्न हामी तत्पर छौँ ।'
पूर्व सूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसहरूलाई सम्भावित जोखिमको बारेमा सुचित गर्दै आ–आफ्ना सामानहरू लिएर सुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिन्छ । त्यसैगरी विपद् पूर्वयारी तथा प्रतिकार्यमा संलग्न संघसंस्थाहरूलाई समयमा नै आवश्यक कार्य गर्न सहयोग पुर्याउँछ ।
एनसेलले २०२३ मा एनसेलले ९० लाख भन्दा बढी पुर्व सूचना प्रवाह गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया