कति छ आज विदेशी मुद्राको विनिमयदर ?
काठमाडौँ- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।
मंगलबार अमेरिकी डलरसँगै युरोमा पनि सामान्य गिरावट आएको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ३२ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९२ पैसा कायम गरिएको छ ।
सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ ६ पैसाले घटेको छ । यसअघि सोमबार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९८ पैसामा कारोबार भएको थियो ।
यसैगरी आज १३ पैसाले घटेको युरोको एकको खरिदमा १४४ रूपैयाँ ८४ पैसा र बिक्रीमा १४५ रूपैयाँ ४९ पैसा तोकिएको छ । सोमबार भने युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ९७ पैसा र बिक्रीमा १४५ रूपैयाँ ६३ पैसा तोकिएको थियो ।
त्यस्तै बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रूपैयाँ ४३ पैसा र बिक्रीदर १६९ रूपैयाँ १९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ १८ पैसा र बिक्रीदर ८८ रूपैयाँ ५८ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ६१ पैसा र बिक्रीमा ९९ रूपैयाँ ६ पैसा कायम गरिएको छ ।
यता जापानी येन १० को खरिददर ९ रूपैयाँ ९ पैसा कायम हुँदा बिक्रीदर भने ९ रूपैयाँ १३ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४४ पैसा तथा बिक्रीदर १८ रूपैयाँ ५२ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर १० रूपैयाँ एक पैसा तथा बिक्रीदर १० रूपैयाँ ६ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी मंगलबार कतारी रियाल एकको खरिद मूल्य ३६ रूपैयाँ २९ पैसा र बिक्री मूल्य ३६ रूपैयाँ ४५ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २८ पैसा र बिक्री मूल्य ३५ रूपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ३ पैसा र बिक्रीदर ३६ रूपैयाँ १९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार २८ रूपैयाँ ३४ पैसा र बिक्रीदर २८ रूपैयाँ ४७ पैसा कायम गरेको छ ।
साथै कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ५५ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ५० पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ र बिक्रीदर ३५२ रूपैयाँ ५९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया