अर्थ / बाणिज्य

माघको दोस्रो साता उदयपुर महोत्सव हुने

इकागज |
माघ २, २०८० मंगलबार १४:२३ बजे

उदयपुर- आर्थिक गतिविधिलाई थप चलायमानका लागि माघको दोस्रो साता उदयपुरमा उदयपुर महोत्सव आयोजना हुने भएको छ ।

जिल्ला उद्योग वाणिज्य संघ उदयपुरले मंगलबार उदयपुरमा पत्रकार सम्मेलन गर्दै माघ ११ बाट माघ २१ गतेसम्म त्रियुगा नदी किनारमा महोत्सव सञ्चालन हुने आयोजकले जनाएको हो ।


आर्थिक गतिविधिलाई थप चलायमान बनाउनुका साथै स्थानीय व्यवसायको प्रवर्द्धन र समग्र प्रतिस्पर्धात्मक व्यावसायिक वातावरणमा नेपाली उत्पादनहरूलाई पुनर्उत्थान गर्न सहयोग गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष चुडामणी कार्कीले जानकारी दिए । उनले एक्स्पो, महोत्सव, व्यापार मेला, प्रदर्शनी र चाडपर्वहरू नेपाली व्यवसायलाई अभिवृद्धि र प्रवर्द्धन गर्ने सबैभन्दा लोकप्रिय र प्रभावकारी उपकरण भएको समेत बताए ।

कोभिड-१९ पछि प्रभावित अर्थतन्त्रलाई पुनर्उत्थानमा सहयोग गर्नुपर्ने आवश्यकतालाई महसुस गरी 'कृषि, वन, पर्यटन, कला संस्कृति, उद्योग र व्यापार, उदयपुरको पहिचान र समृद्धिको आधार' भन्ने मुल नाराका साथ उदयपुर एक्स्पो (उदयपुर महोत्सव) २०८० को आयोजना गर्न लागेको आयोजकले जनाएको छ । 


Author

थप समाचार
x