रेसुङ्गा विमानस्थलमा साताको चार पटक उडान हुँदै
फाइल तस्बिर
तम्घास- गुल्मीको रेसुङ्गा विमानस्थलमा साताको चार पटक उडान हुने भएको छ । हाल सातामा दुई पटक मात्रै उडान हुँदै आएकामा आगामी फागुनको पहिलो साताबाट चार पटक उडान हुने गरी व्यवस्था मिलाइएको हो । रेसुङ्गा विमानस्थलमा गत वैशाख २९ गते पहिलो व्यावसायिक उडान भएको थियो ।
यात्रुको अत्यधिक चाप भएपछि बुधबार र शुक्रबार गरी साताको दुई दिन उडान भइरहेको थियो । अझै पनि यात्रुको चाप अत्यधिक नै भएका कारण साताको चार दिन उडान गर्ने गरी तयारी भइरहेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण तथा नेपाल वायुसेवा निगमसँग पुनःसम्झौता गर्ने तयारी गरिएको उनले बताए ।
रेसुङ्गामा हालसम्म ६४ उडान भएका छन् । यसबाट आठ सय १५ यात्रुले सेवा लिएका छन् । जहाजमा अधिकांश गम्भीर रोगका बिरामी, ज्येष्ठ नागरिक र अशक्त नागरिकले सेवा लिएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया