अर्थ / बाणिज्य

राष्ट्र बैंकले थप ३० अर्ब रुपैयाँ बजारबाट तान्दै

इकागज |
माघ ३, २०८० बुधबार ९:५१ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले थप ३० अर्ब रुपैयाँ बजारबाट तान्दैछ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको अधिक तरलता खिच्‍न निक्षेप संकलनमार्फत् ३० अर्ब रुपैयाँ तान्‍न लागेको हो ।

बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरण जारी गर्दैछ । उक्त निक्षेप संकलन उपकरणको बोलकबोल आज हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।


बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । मिति माघ १७ गते साँवा र ब्याज भुक्तानी निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरूले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।


Author

थप समाचार
x