सुनको मूल्य बढ्यो, तोलाको एक लाख १८ हजार
फाइल तस्बिर
काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा पाँच सयले बढेको हो । आज छापावाल सुन तोलाको एक लाख १८ हजारमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन तोलाको एक लाख १७ हजार ५०० मा कारोबार भएकाे थियाे ।
यता, तेजावी सुन तोलामा एक लाख १७ हजार ४५० मा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार तोलामा एक लाख १६ हजार ९५० मा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि ५ रूपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ३९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलाको एक हजार ३९० मा कारोबार भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया