नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी अधिकारीलाई
काठमाडौँ- सरकारले नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी वरिष्ठ कर्मचारीको हैसियतमा डा. नबराज अधिकारीलाई दिएको छ ।
आइतबार अर्थ मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै बोर्डका वरिष्ठ कर्मचारीको रूपमा रहेका अधिकारीलाई निमित्त अध्यक्षको जिम्मेवारी दिएको हो ।
निवर्तमान अध्यक्ष रमेश हमालको पदावधि सकिएपछि अध्यक्ष पद रिक्त भएकोले नयाँ अध्यक्षको नियुक्ति नहुँदासम्म बोर्डको दैनिक प्रशासन र सञ्चालक समितिको बैठक बोलाउने अधिकार उनलाई तोकिएको छ ।
गत पुस २० गतेदेखि नेपाल धितोपत्र बोर्ड नेतृत्वविहीन बनेको छ । अर्थ मन्त्रालयले बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी कसलाई दिने भन्ने अन्योल कायमै रहँदा उनलाई नियुक्ति दिएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया