आइएमईलाई उत्कृष्ट करदाता सम्मान
काठमाडौं । आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आइएमई विप्रेषण क्षेत्रमा पहिलो कम्पनी पर्न सफल भएको हो ।
विप्रेषणको कारोबार गर्ने मध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा आइएमईलाई यो लगातार चौथो सम्मान भएको कम्पनीले जनाएको छ । ‘श्रमका लागि विदेशमा गएका युवाले आर्जन गर्ने रेमिटेन्स बैंकिङ्ग सञ्जाल मार्फत नेपाल भित्र्याउने उद्देश्यले आजभन्दा वीस वर्षअघि स्थापित आइएमईलाई नेपालको समग्र रेमिटेन्स व्यवसाय संस्थागत गरेको श्रेय जान्छ,’ आइएमईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
दुई दशकअघि स्थापना भएको आइएमईले २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विप्रेषण भित्र्याई छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट मुलकभरका सेवाग्राहीलाई सेवा दिदैं आएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया