सुनको भाउ आज पनि स्थिर
काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर छ भने चाँदीको मूल्य भने बढेको छ ।
सुनको मूल्य स्थिर रहेको आज चौथो दिन हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबारदेखि बजारमा सुन यही मूल्यमा कारोबार भइरहेको छ ।
बुधबार चाँदीको मूल्य भने प्रतितोला १० रूपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया