अर्थ / बाणिज्य

कति छ विदेशी मुद्राको विनिमय दर ?

इकागज |
माघ ११, २०८० बिहीबार ९:३५ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ । अमेरिकी डलरको भाउ आज ५ पैसाले घटेको छ । जसअनुसार बिहीबार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७० पैसा र बिक्रीदर १३३ रूपैयाँ ३० पैसा कायम गरिएको छ । 


यसअघि बुधबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३५ पैसामा कारोबार भएको थियो ।

यसैगरी आज ४१ पैसाले बढेको छ । बिहीबार युरो एकको खरिदमा १४४ रूपैयाँ ६० पैसा र बिक्रीमा १४५ रूपैयाँ २६ पैसा कायम गरिएको छ ।

बिहीबार भने युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ २१ पैसा र बिक्रीमा १४४ रूपैयाँ ८६ पैसा तोकिएको थियो ।

त्यस्तै बेलायती पाउण्ड सटर्लिङ एकको बुधबार खरिददर १६९ रूपैयाँ १४ पैसा र बिक्रीदर १६९ रूपैयाँ ९० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ५८ पैसा र बिक्रीदर ८७ रूपैयाँ ९७ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ६८ पैसा र बिक्रीमा ९९ रूपैयाँ १३ पैसा कायम गरिएको छ ।

यता जापानी येन १० को खरिददर ८ रूपैयाँ कायम हुँदा बिक्रीदर भने ९ रूपैयाँ ०४ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ५३ पैसा तथा बिक्रीदर १८ रूपैयाँ ६२ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९५ पैसा तथा बिक्रीदर ९ रूपैयाँ ९९ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी बिहीबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३८ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५४ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १३ पैसा र बिक्रीदर ३६ रूपैयाँ २९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार २८ रूपैयाँ ०५ पैसा र बिक्रीदर २८ रूपैयाँ १७ पैसा कायम गरेको छ । 

साथै कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ३६ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ३१ पैसा र बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


Author

थप समाचार
x