अर्थ / बाणिज्य

विदेशी मुद्राको विनिमय दर : कतिमा हुँदैछ कारोबार ?

इकागज |
माघ १२, २०८० शुक्रबार ८:१५ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ । अमेरिकी डलरको भाउ आज एक पैसाले घटेको छ ।


जसअनुसार शुक्रबार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ६९ पैसा र बिक्रीदर १३३ रूपैयाँ २९ पैसा कायम गरिएको छ । यसअघि बिहीबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७० पैसा र बिक्रीदर १३३ रूपैयाँ ३० पैसामा कारोबार भएको थियो ।

यसैगरी आज ११ पैसाले बढेको छ । बिहीबार युरो एकको खरिदमा १४४ रूपैयाँ ४९ पैसा र बिक्रीमा १४५ रूपैयाँ १४ पैसा कायम गरिएको छ ।

बिहीबार भने युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ६० पैसा र बिक्रीमा १४५ रूपैयाँ २६ पैसा तोकिएको थियो ।

त्यस्तै बेलायती पाउण्ड सटर्लिङ एकको शुक्रबार खरिददर १६८ रूपैयाँ ८७ पैसा र बिक्रीदर १६९ रूपैयाँ ६३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ४३ पैसा र बिक्रीदर ८७ रूपैयाँ ८२ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ २५ पैसा र बिक्रीमा ९८ रूपैयाँ ६९ पैसा कायम गरिएको छ ।

यता जापानी येन १० को खरिददर ८ रूपैयाँ ९९ पैसा कायम हुँदा बिक्रीदर भने ९ रूपैयाँ ०३ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ५१ पैसा तथा बिक्रीदर १८ रूपैयाँ ६९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९३ पैसा तथा बिक्रीदर ९ रूपैयाँ ९७ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी शुक्रबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४१ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३८ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५४ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १३ पैसा र बिक्रीदर ३६ रूपैयाँ २९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार २८ रूपैयाँ ०४ पैसा र बिक्रीदर २८ रूपैयाँ १७ पैसा कायम गरेको छ ।

साथै कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ३७ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ३२ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ५८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


Author

थप समाचार
x