अर्थ / बाणिज्य

विमानस्थलमा अध्यागमन अधिकृतमाथि प्रहरीको हातपात

इकागज |
माघ १२, २०८० शुक्रबार १६:२६ बजे

सांकेतिक तस्विर

काठमाडौँ- त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुखसहित अध्यागमनका अन्य कर्मचारीमाथि प्रहरीले हातपात गरेका छन् । शुक्रबार बिहान अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए । मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्ने क्रममा विवाद भयो ।

अध्यागमन अधिकृत मोक्तानले आफू अध्यागमन अधिकृत भएको र मेटल पनि नभएकाले किन चेकजाँच गरेको भनेर प्रश्न गरेका थिए । विवादका क्रममा आफूलाई प्रहरीले कुटपिट गरेको अध्यागमन अधिकृत मोक्तानले जानकारी दिए ।


प्रहरीले हातपात गरेको गुनासो आएपछि अध्यागमन कार्यालय प्रमुख ह गोगनबहादुर हमाल आफैं सीसीटीभी फुटेज हेर्न गए । प्रहरी जवानले अध्यागमन अधिकृत मोक्तानमाथि दुव्यर्वहार गरेको देखिन्छ ।

हमालले प्रहरी अधिकृतहरुलाई किन त्यसो गरेको भनेर प्रश्न गरेका थिए, तर प्रहरीले अध्यागमन अधिकृत मोक्तानलाई त्यही लात्ताले हाने । त्यसक्रममा अध्यागमन कार्यालय प्रमुख हमाललाई पनि लाग्यो ।

 


Author

थप समाचार
x