अर्थ / बाणिज्य

नेशनल लाईफको एमडिआरटी सम्मान तथा तालिम

इकागज |
माघ १५, २०८० सोमबार १२:५९ बजे

काठमाडौँ- नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भैरहवास्थित होटल टाईगर प्यालेसमा एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा विजेता अभिकर्ताहरूलाई खादा माला र सम्मान पत्रवाट सम्मानित गरिएको थियो । 


तोकिएको बीमाशुल्क संकलन गरी नेपालभरबाट योग्य भएका ४ जना सि.आ.टी. र ८३ जना एमडिआरटी अभिकर्ताहरू, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । 

समारोहमा खत्रीले अभिकर्ताहरूको प्रतिष्ठित संस्था MDRT (Million Dollar Round Table) को लागि योग्य हुनु अभिकर्ताहरूको वृत्ति विकासको लागि महत्वपूर्ण रहने बताए । कम्पनीले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यवसायिक बनाउन निरन्तर लगानी गर्ने जानकारी गराए ।

समारोहमा कलाकार मनोज गजुरेलको मनोरन्जनात्मक एवं व्यक्तित्व विकास सम्बन्धमा प्रस्तुती रहेको थियो । 

सम्मानित विजनेश लिडरहरूले खत्रीबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै खुसी लागेको बताए ।


Author

थप समाचार
x