नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी माघ १८ देखि चार दिनसम्म चल्ने
काठमाडौँ - नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी माघ १८ गतेदेखि २१ गतेसम्म काठमाडौंमा हुने भएको छ । प्रदर्शनीको नवौं संस्करणको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेर एण्ड इभेन्ट्स प्रालिले संयुक्त रुपमा गर्न लागेको प्रदर्शनीमा विभिन्न देशका तीन सय भन्दा बढी ब्राण्डहरूका १५० भन्दा बढी स्टल रहने छन् ।
आयोजकका अनुसार निर्माणसम्बन्धी उद्योगहरू, कम्पनीहरू, डिलर तथा सवडिलरहरू र बिक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने छन् ।
प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियर, कन्ट्रयाक्टरस, विल्डरस, इन्टीरीयर डिजाइनरहरू, घर बनाउन चाहने व्यक्ति तथा आम नागरिकको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रदर्शनीको मुख्य प्रायोजकमा कजारिया टायल्स रहेको छ भने सह–प्रायोजकमा भोल्गा तथा जिन्दल स्टील रहेका छन् । ४ दिनसम्म चल्ने प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया