अर्थ / बाणिज्य

यती एयरलाइन्सले भित्र्यायो दुई ‘एटिआर-७२’ विमान

इकागज |
माघ १८, २०८० बिहीबार २१:१९ बजे

फाइल तस्बिर

काठमाडौँ- निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले ७२ सिट क्षमताका दुई  ‘एटिआर-७२-५००’ विमान भित्र्याएको छ । दुवै विमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । 

यतीले एकैपटक दुई विमान थपेको हो । यो सँगै यतीसँग एटीआर-७२ विमान सात पुगेको छ । आज थपिएका दुई जहाजको क्रमशः ‘९एन-एओएफ’ र ‘९एन-एओएच’ नेपाली दर्ता नम्बर रहेको छ । एक साताभित्रै विमानले उडान गर्ने जनाइएको छ । 



Author

थप समाचार
x