अर्थ / बाणिज्य

सुनको भाउ आज पनि बढ्यो, कति पुग्यो मूल्य ?

इकागज |
माघ १९, २०८० शुक्रबार ११:४७ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली बजारमा सुनको भाउले लगातार पाँचौ दिन पनि बढ्ने क्रममा निरन्तरता पाएको छ ।

साताको अन्तिम कारोबारको दिन शुक्रबार पनि सुनको भाउ ३०० रुपैयाँले बढेको हो । यसअघि सोमबार, मंगलबार, बुधबार र बिहीबार सुनको भाउ क्रमशः ३००, ३००, १०० र ५०० रुपैयाँले बढेको थियो ।


त्यसैगरी नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १९ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । 

यसअघि, बिहीबार छापावाल सुन १ लाख १९ हजार २०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो ।

शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको १४ सय १५ रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय १० रुपैयाँ कायम रहेको थियो । 


Author

थप समाचार
x