अर्थ / बाणिज्य

लक्ष्य पुरा गर्ने अभिकर्ताहरूलाई नेशनल लाईफले लग्यो भ्रमण

इकागज |
माघ २०, २०८० शनिबार ७:५१ बजे

काठमाडौँ- कम्पनीको मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरूको उत्साहजनक उपस्थितिमा नेशनल लाईफले भ्रमण गराएको छ ।

कम्पनीले लुम्बिनी लक्जरी टुर अन्तर्गत नेपालको प्रसिद्ध स्थल लुम्बिनी र पाल्पाको रानी महल भ्रमण गराएको हो ।


कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा  प्रमुखहरु र देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब ४०० जनाभन्दा बढि वरिष्ठ अभिकर्ताहरूले कार्यक्रममा सहभागिता जनाएका थिए ।

सो अवसरमा कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत स्मृतीराज कँडेलको सभापतित्वमा सम्मान कार्यक्रमको आयोजना गरी उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरूलाई सम्मान तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

कँडेलले यस्ता भ्रमण कार्यक्रमबाट देशका विभिन्न क्षेत्रका अभिकर्ताहरु बिच एक आपसमा अन्तरक्रिया पनि हुने र मनोरञ्जन पनि प्राप्त हुनुका साथै अभिकर्ता समूहको दक्षता अभिवृद्धिमा समेत प्रत्यक्ष लाभ पूर्‍याउने भएको हुँदा कम्पनीले यस प्रकारको अभिकर्ता योजना ल्याएको र अभिकर्ताहरुको उत्साहजनक उपस्थितीले योजना अत्यन्तै सफल भएको महशुस गरिएको बताए ।

कार्यक्रमका सहभागि हरुलाई धन्यवाद ज्ञापन गर्दै बजार विभाग प्रमुख विवेक शर्माले तोकिएको व्यवसायिक लक्ष्य पुरा गर्दै कम्पनीलाई बीमा बजारमा अग्र स्थानमा पुर्‍याउनका लागि अभिकर्ताहरूको अत्यन्तै महत्वपूर्ण भूमिका हुने भएको हुँदा अभिकर्ता समूहको सल्लाह सुझावमा नै कम्पनीले योजना जारी गर्ने बताए ।

एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले सञ्‍चालन गरेको सो कार्यक्रमका सहभागि अभिकर्ताहरूले नेपालको प्रसिद्ध स्थल लुम्बिनी र पाल्पाको ऐतिहासिक रानीमहल भ्रमण गर्ने अवसर प्रदान गरेकोमा कम्पनी प्रति हार्दिक आभार व्यक्त गरेका थिए ।


Author

थप समाचार
x