अर्थ / बाणिज्य

आजको विदेशी मुद्राको विनिमय दुर, कुन देशकाे कति ?

इकागज |
माघ २४, २०८० बुधबार ८:१८ बजे

फाइल तस्बिर

काठमाडौं - नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । 

जसअनुसार भारतीय १०० रूपैयाँको खरिद दर १ सय ६० रूपैयाँ तथा बिक्रीकर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । 


आज अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ६० पैसा र बिक्री दर १३३ रूपैयाँ २० पैसामा कारोबार हुँदा युरोपियन युरो एकको खरिद दर १४२ रूपैयाँ ३३ पैसा र बिक्री दर १४२ रूपैयाँ ९८ पैसा कायम भएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ३९ पैसा र बिक्री दर १६७ रूपैयाँ १४ पैसा, अष्ट्रेलियन डलर १ को खरिद दर ८६ रूपैयाँ १० पैसा तथा बिक्री दर ८६ रूपैयाँ ४९ पैसा, क्यानेडियन डलर १ को खरिद दर ९७ रूपैयाँ ९९ पैसा तथा बिक्री दर ९८.४३ पैसा कायम भएको छ । 

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३७ पैसा र बिक्री दर ३६ रूपैयाँ ५४  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


Author

थप समाचार
x