अर्थ / बाणिज्य

सबै क्षेत्रको सामूहिक प्रयासले मात्र अर्थतन्त्रले गति लिन्छ : अर्थमन्त्री महत

इकागज |
माघ २४, २०८० बुधबार १२:३२ बजे

फाइल तस्बिर

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले सबै क्षेत्रको सामूहिक प्रयासबाट मात्र अर्थतन्त्रले गति लिने बताएका छन् ।

इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान)ले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले मुलुकको अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको भन्दै सामूहिक प्रयासबाट मात्र अर्थतन्त्रले गति लिने बताएका हुन् ।


उनले विगतका दिनमा धेरै रकम अनुत्पादक क्षेत्रमा खर्च भएको र उक्त खर्चको दायित्व तिर्दा अर्थतन्त्र केही दबाबमा परेकोले अहिले अर्थतन्त्र लयमा फर्कन लागेको धारणा राखे । उनले अर्थतन्त्रले पछिल्लो समय राम्रो गति लिएको तथ्याङ्कले देखाएको बताए ।

त्यस्तै उनले निजी क्षेत्र, सरकार, नागरिक समाज, समग्र जनता मिलेर मुलुकको अर्थतन्त्रलाई सपार्ने बाटोमा लाग्नुपर्ने जिकिर गरे । मन्त्री महतले सहकारीले आफ्नो उदेश्यअनुसारको काम गर्न नसकेकाले समस्या भएको बताए ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा लगानीको वातावरण निर्माण गर्न निजी क्षेत्रको तर्फबाट दिएका सुझावहरू अनुसार कानून संशोधन गर्न आवश्यक रहेको बताए । लगानी सम्मेलन अगाडि अध्यादेश वा नियमित प्रक्रियाबाट जसरी हुन्छ कानून सम्शोधन गरेर सरकारले लगानीको वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । महासंघका अध्यक्ष ढकालले प्रक्रिया पूरा भएरर पनि रोकिएका कम्पनीहरूको आईपीओ निष्कासन गर्न अनुमती दिन आग्रह गरे ।


Author

थप समाचार
x