नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच सम्झौता
काठमाडौँ- नागरिक लगानी कोष र सानिगाड हाइड्रो लिमिटेडबीच शेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सानिगाडका प्रबन्ध निर्देशक राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सानिगाडको प्रतिशेयर रु एक सयका दरले ८५ लाख ५० हजार कित्ता शेयरबापत रु ८५ करोड ५० लाख शेयर मूल्य बराबरको प्रत्याभूति कोषले गर्नेछ ।
कोषले आज जारी गरेको विज्ञप्तिअुनसार सम्झौता भएको मितिले कम्पनीले छ महिनाभित्र सेयर निष्कासन गरिसक्नु पर्नेछ । छ महिनाभित्र शेयर निष्कासन नभएमा सम्झौता स्वतः अन्त्य हुनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया