अर्थ / बाणिज्य

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

इकागज |
फागुन ४, २०८० शुक्रबार ७:४३ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्रा विनिमय दर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३३ रुपैयाँ १८ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४३ रुपैयाँ रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १६६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६७ रुपैयाँ १० पैसा रहेको छ ।

जापानी येन १० को खरिददर ८ रूपैयाँ ८४ पैसा र बिक्रीदर ८ रूपैयाँ ८८ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ १५ पैसा रहेको छ भने बिक्रीदर ८६ रूपैयाँ ५४ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा रहेको छ ।

युएई दिराम एकको खरिददर ३६ रुपैयाँ १० पैसा र बिक्रीदर ३६ रुपैयाँ २६ पैसा रहेको छ ।

त्यसैगरी कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ २६ पैसा रहेको छ भने बिक्रीदर ४३२ रूपैयाँ २१ पैसा रहेको छ ।


Author

थप समाचार
x