सुनको भाउ स्थिर
फाइल तस्बिर
काठमाडौं - नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको छ ।
सोमबार पनि सुन सोही भाउमा खरिदबिक्री भएको थियो । यसअघि लगातार ३ दिन देखी सुनको भाउ क्रमशः ६००, ५०० र ४०० रूपैयाँले बढेको थियो ।
यता, मंगलबार चाँदीको भाउ पनि स्थिर रहेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय १० रुपैयाँ कायम छ । सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया