अर्थ / बाणिज्य

आजको विनिमय दर : डलर १३२, युरो १४४

इकागज |
फागुन १८, २०८० शुक्रबार ९:१ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९७ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४४  रुपैयाँ ९ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६८ रुपैयाँ २८ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ रहेको छ भने बिक्रीदर ८६ रूपैयाँ ३९ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८ रूपैयाँ ८७ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ४० पैसा र बिक्रीदर १८ रूपैयाँ ४८ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६ रुपैयाँ ४७ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४ पैसा र बिक्रीदर ३६ रुपैयाँ २० पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ २१ पैसा रहेको छ भने बिक्रीदर ४३२ रूपैयाँ १६ पैसा रहेको छ ।


Author

थप समाचार
x