अर्थ / बाणिज्य

सुनको मूल्य २ हजारले बढ्यो

इकागज |
फागुन २२, २०८० मंगलबार ११:१९ बजे

फाइल फोटो

काठमाडौं - नेपाली बजारमा सुनको मूल्य २ हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँमा कारोबार भएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । सोमबार १ लाख २१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख २२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


यता, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Author

थप समाचार
x