अर्थ / बाणिज्य

सशस्त्रले समात्यो करिब २ हजार बोरा चिनी र केराउ

इकागज |
फागुन २२, २०८० मंगलबार १४:२७ बजे

काठमाडौँ- पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-१ बरुवाबाट फागुन २१ गते सशस्त्र प्रहरीले करिब २ हजार बोरा चिनी र केराउ बरामद गरेको छ । भारतबाट अबैध रुपमा ल्यएर गोदाम गरिएको भन्ने बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीले उक्त चिनी र केराउ बरामद गरेको हो ।

स्थानीय श्याम भनिने ज्ञानु अर्यालको घर पछाडि गोदाममा लुकाइ राखेको ५० र ३० किलोको बोरामा रहेको २ सय बोराभन्दा बढी चिनी र १ हजार ७ सय बोराभन्दा बढी केराउ रहेको छ । करिब ४५ लाख मूल्यभन्दा बढिको अनुमान गरिएको चिनी र केराउ सो ठाउँमा अबैध भण्डारण गरी नक्कली कागजपत्र बनाएर देशका बिभिन्न ठाउँमा सप्लाइ गर्ने गरेको समेत बुझिएको छ ।


यसैगरी पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका ५ वनकट्टीबाट फागुन २२ गते विहान ६७ बोरा प्याज सशस्त्र प्रहरीले बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याएर एक घरमा लुकाई छिपाई राखिएको अवस्थामा नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीले नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले ५० किलोको बोरामा रहेको उल्लेखित प्याज बरामद गरेको हो । बरामद चिनी,केराउ र प्याज आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा बुझाउने प्रक्रियामा रहेको छ ।


Author

थप समाचार
x