अर्थ / बाणिज्य

भैरहवामा भारत-नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन

सीमामा व्यापार सहजीकरणका लागि भएको समस्या समाधानका लागि पहल गर्ने

इकागज |
फागुन २५, २०८० शुक्रबार २०:१२ बजे

भैरहवा- भारत-नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन २०२३ मा सहभागीहरूले नेपाली वस्तुको निर्यातमा भारतमा विभिन्न समस्या र अड्चनहरू सिर्जना हुने गरेको बताएका छन् । नेपालको अर्थतन्त्रमा ठूलो हिस्सा भारतको भए पनि यहाँ उत्पादित वस्तु भारतमा निर्यात गर्दा उद्योगी व्यवसायीहरूले समस्या व्यहोर्नु परेको बताए । 

भैरहवामा भएको तेस्रो भारत-नेपाल आर्थिक साझेदारी शिखरमा बोल्दै सहभागीहरूले दुई पक्षीय व्यापार विस्तारका लागि दुवै देशका सरकारले महत्वपूर्ण भूमिका खेल्दै आउने समस्याको समाधान गर्नुपर्ने बताए ।


पिएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको आयोजना नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको संयोजन तथा नेपाल एसबीआई बैंकको सहकार्यमा भएको सम्मेलनमा बोल्दै नेपाल एसबीआई बैंकका सल्लाहकार अनुकुल भटनाकरले दुई देशबीच धेरै वर्ष अगाडिबाट व्यापार भइरहेको बताउँदै यहाँ धेरै सम्भावना रहेको जनाए ।

पछिल्लो ५ वर्षमा कनेक्टिभिटीमा ठूलो परिवर्तन आएको उनले बताए । नेपालको प्रवेश विन्दुको रुपमा रहेको भैरहवा नाकाबाट सम्बन्ध सुमधुर बनाई दुवै देशको आर्थिक उन्नति हुने उनले बताए ।

नेपालका लागि पूर्वभारतीय राजदूत मनजीव सिंह पुरीले भारतको आर्थिक विकास तीव्र रूपले अघि बढाई धेरै परिवर्तन ल्याउनुमा निजी क्षेत्रको ठूलो भूमिका रहेको बताउँदै नेपाली निजी क्षेत्रले पनि भूमिका खेल्नु पर्ने जिकिर गरे । रोटीबेटीको पुरानो सम्बन्ध जस्तै दुवै देशका निजी क्षेत्रसँगै बसेर छलफलबाट काम गरे नतिजा राम्रो हुने र दुवै देशका नागरिक विकसित हुने उनको भनाइ थियो ।

सीमामा दुवै देशको व्यापार सहजीकरणका लागि भएको समस्या समाधानका लागि पहल गर्ने उनले बताए ।


Author

थप समाचार
x