कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?
काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।
अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८९ पैसा रहेको छ ।
त्यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३७ पैसा रहेको छ ।
पाउण्ड स्टर्लिङ एकको खरिददर १६९ रुपैयाँ ३० पैसा र बिक्रीदर १७० रुपैयाँ ७ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ४८ पैसा रहेको छ भने बिक्रीदर ८७ रूपैयाँ ८७ पैसा रहेको छ ।
त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ९४ पैसा र बिक्रीदर ८ रूपैयाँ ९८ पैसा रहेको छ ।
चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा र बिक्रीदर १८ रूपैयाँ ४८ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ २८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४४ पैसा रहेको छ ।
त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ २ पैसा र बिक्रीदर ३६ रुपैयाँ १८ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ६३ पैसा रहेको छ भने बिक्रीदर ४३२ रूपैयाँ ५८ पैसा रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया