अर्थ / बाणिज्य

संक्रमणदर १०% भन्दा तल नहुँदासम्म निषेधाज्ञा निरन्तर, मोडालिटी केही परिवर्तन हुने

इकागज |
जेठ २९, २०७८ शनिबार १९:४४ बजे

काठमाडौँ : प्रशासनले काठमाडौँ उपत्यकामा जेठ ३१ सम्मका लागि लम्ब्याएको निषेधाज्ञा अवधि पुरा भएपछि असार १ देखि फरक मोडालिटीमा  निषेधाज्ञालाई निरन्तरता दिने भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणदर २९–३० प्रतिशत रहेको अवस्थामा अहिले निषेधाज्ञा अन्त्य गर्नु घातक हुने राय दिएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आइतबार बस्दैछ । उक्त बैठकले असार १ देखि फरक मोडालिटीमा निषेधाज्ञालाई निरन्तरता दिने बताइएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी रूपमा संक्रमणदर ५ प्रतिशतमाथि जानेबित्तिकै लकडाउनको आवश्यकता देखिने अनुभव रहेको भन्दै संक्रमण दर १० प्रतिशतभन्दा तल नआउँदासम्म कुनै हालतमा बजार र आवतजावत सम्पूर्ण रूपमा खुला गर्न नहुने दृढ अडान राख्दै आएको छ । 

असार १ पछि भने निजी सवारी साधन जोर विजोर सञ्चालन गर्न दिने तर यसमा आवतजावतमा पूर्ण रूपमा स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गर्नुपर्नेछ । व्यवसायिक गतिविधि लामो समयदेखि बन्द भएकाले बजार पसल खुला गर्ने नयाँ नियम जारी हुने बताइएको छ । खाद्यान्न लगायत अत्यावश्यक वस्तु बिक्री हुने पसलहरूलाई अलिक लामो समय खुला गर्न दिइने र अन्य पसलहरू खुला गर्ने निश्चित समय तोकिने छ । भाडाकुडा, स्टेशनरी, कस्मेटीक्स, फेन्सी पसलहरू खोल्न निश्चित समय तोक्ने गृहकार्य भैरहेको छ । 

कम प्रयोग हुने वस्तुहरू बिक्री हुने बजार पसललाई सातामा सीमित दिन सञ्चालन गर्न दिइनेछ । निषेधाज्ञाको दुई सातामा संक्रमणको चेन ब्रेक हुने अपेक्षा गरिएपनि हामीकहाँ सामाजिक कार्य, सभा सम्मेलनले संक्रमण समुदायमा व्यापक फैलिएकाले संक्रमणदर अहिलेसम्म उच्च छ । जसका कारण वैशाख १६ देखि जारी निषेधाज्ञालाई प्रशासनले जारी राख्दै आएको छ ।
 


Author

थप समाचार
x