अर्थ / बाणिज्य

बागलुङमा सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने

इकागज |
असार १, २०७८ मंगलबार १६:५४ बजे

पोखरा : गण्डकी प्रदेश सरकारले ३ स्थानमा औद्योगिक क्षेत्र बनाउने सम्भाव्यता अध्ययन गर्ने भएको छ ।  नेपाल सरकारसँगको समन्वयमा कास्कीको पुँडिटार, तनहुँको घारी र नवलपुरको लोकाहा खोलामा आद्योगिक क्षेत्र बनाउन बजेट विनियोजन भएको छ । यसका लागि बजेट विनियोजन गरिएको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए । आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमा पोखरेलले यसलाई समावेश गरेका हुन् । 

प्रदेश सरकारले लौहादी फलाम खानीमा लगानी गर्ने भएको छ । प्राकृतिक स्रोत तथा ढुंगाा, गिट्टी, बालुवा उत्खननलाई नियमन गरिने मुख्यमन्त्री पोखरेलले बताए । नेपाल सरकारसँगको समन्वयमा बागलुङको व्युँबाट गल्कोटसम्म सुरुङ मार्ग र अर्नाकोट विमानास्थलको सम्भाव्यता अध्ययन गरिने पोखरेलले बताए । पोखरा महानगरसँगको समन्वयमा प्रदेश स्तरी बसपार्क निर्माण प्रारम्भ गरिने पोखरेलले जनाए ।



Author

थप समाचार
x