अर्थ / बाणिज्य

सुदूरपश्चिमका ३२ प्रदेश सांसदलाई ९६ करोड

इकागज |
असार १, २०७८ मगलवार १७:५१ बजे

धनगढी : संघीय सरकारसहित केही प्रदेश सरकारले पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेका बेला सुदूरपश्चिम प्रदेशमा भने प्रदेश पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिइएको छ । मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । 

प्रदेश पूर्वाधार विकास कार्यक्रमका लागि ९६ करोड बजेट विनियोजन गरिएको छ । सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ ३२ जना प्रदेश सभा सदस्यहरु छन् । एक जना प्रदेशसभा सदस्यलाई ३ करोडका दरले प्रदेश सरकारले बजेट विनियोजन गरेको हो । कार्यक्रमकको रकम प्रदेश सभा सदस्यहरुले छनोट गरेका क्षेत्रमा खर्च हुँदै आएको छ ।



Author

थप समाचार
x