मिटर ट्याक्सी व्यवसायी समाजले भन्यो - मिटरमा सेवा दिउँ, अनलाइन एपहरूविरुद्ध कारवाही गर्न लागौँ
फाइल फाेटाे
काठमाडौँ - नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले मिटरमा यात्रुलाई सेवा दिन आग्रह गरेको छ । महासचिव दिलिप कुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै ट्याकसी व्यवसायीलाई मिटरमा सेवा दिन आग्रह गरेका हुन् ।
उनले निजी दुई पाङ्रे र चार पाङ्रे सवारीसाधनले आमनागरिकसँग पैसा लिई यात्रीको सेवा गरेको भन्ने कार्यको नियम अनुसार कारबाही गर्न रगराउन पहल गर्न पनि आग्रह गरेका छन् । उनले विभिन्न अनलाइनमा दर्ता भएर दुई पाङ्रे र चार पाङ्रेले यात्रुलाई सेवा दिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
समाजले अनलाईन एपहरुले आफैं भाडा तोकी यात्रुहरुबाट लिनु कानुनसम्मत नभएको भन्दै प्रश्न गरेको छ । 'हामीले यस्ता गैरकानुनी कार्यहरुलाई आजैबाट बहिष्कार गर्नुपर्छ । जबसम्म नेपाल सरकार मात्रै होइन यातायात मन्त्रालय, यातायात कार्यालय, यातायात व्यवस्था विभागले त्यो एपलाई चिन्दैन भाडा तोक्दैन, तबसम्म यो एपहरु चलाउनु गैरकानुनी हो', विज्ञप्तिमा भनिएको छ ।
च्याउसरी आएका मोबाइल एपहरुले प्रविधिको नाममा उसले आफै भाडा तोकी यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को १ मा निजी सवारीको व्याख्या गरिएको छ भने उपदफा २ मा निजी सवारीसाधनले भाडामा काम गर्न नपाउने प्रष्ट लेखिएपनि यस्ता गतिविधि भइरहेकाले यसमा सबैको ध्यानाकर्षण हुनुपर्ने समाजको विज्ञप्तिमा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया