अर्थ / बाणिज्य

बाल अस्पताल निर्माण अभियानमा भाटभटेनीले ४१ करोड सहयोग गर्ने

इकागज |
बैशाख २९, २०८१ शनिबार १२:२० बजे

काठमाडौँ- भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड बराबरको सहयोग गर्ने भएका छन् । शुक्रबार काठमाडौँको हेपाली हाइटस्थित अस्पताल निर्माण क्षेत्रमा पुगेर गुरूङले ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका हुन् ।

कोइरालाले काठमाडौँसहित देशका सात वटै प्रदेशमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बनाउन लागेका छन् । कोशीको झापामा अस्पताल निर्माण भइसकेको छ भने अब काठमाडौँसहित बाँकी प्रदेशमा बाल अस्पताल निर्माण हुनेछ ।


करिब एक लाख स्क्वायर फिटको बेसमेन्ट पार्किङ, इमर्जेन्सीसहित २० शय्या, आईसीयू, एनआईसीयूलगायत कक्ष र माथि हेलिप्याड पनि रहने गुरुङले बताएका छन् । त्यस्तै गुरूङले सहयोगप्रति खुशी व्यक्त गर्दै उक्त पैसाले अस्पताल निर्माणमा ठूलो सहयोग पुग्ने कोइरालाले बताए ।


Author

थप समाचार
x