Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

अर्थ / बाणिज्य

एमएचपीएलले ल्यायो आफ्ना ग्राहकका लागि ट्रेण्डसेटिंग ‘मोबाइल एप’

इकागज |
जेठ ६, २०८१ आइतबार २०:५७ बजे

काठमाडौँ- आजको डिजिटल युगमा हरेक उद्योगका लागि अपरिहार्य आवश्यकता बन्दै गएको इनोभेसन र प्राविधिक विकास लगभग सबै क्षेत्रहरूमा द्रुत रूपमा अगाडि बढिरहेको छ । लेनदेनमा आवश्यक पारदर्शिता, सुरक्षित र सुविधाजनक किस्ता भुक्तानी प्रणाली, रियल टाइम सेटलमेन्ट र नोटिफिकेसनका साथै अन्य धेरै सुविधाहरू ‘हायर पर्चेज’ क्षेत्रका ग्राहकहरूका लागि अति जरुरी हुने हुँदा बढ्दो डिजिटल उपयोगिता हायर पर्चेज उद्योगमा पनि लागू हुन्छ । यसर्थ, ‘एमएचपीएल एप’ को सुरुवात ग्राहकहरूको सेवामा सहजता प्रदान गर्नका लागि एउटा कोसाढुंगा ।

‘एमएचपीएल’ एपको सुरुवात भएसँगै अब ग्राहकहरूका लागि कर्जा भुक्तानीको कारोबार डिजिटल रुपमा गर्नका लागि एक सुविधाजनक विकल्प उपलब्ध हुनेछ । अब आफ्नो कर्जाको अवस्था जान्नका लागि ग्राहकहरूले भौतिक रुपमै उपस्थित हुनुपर्ने पुरानो बाध्यता पनि हट्ने छ । एमएचपीएलले गहिरो अध्ययन र उपभोक्ताहरूको आवश्यकतालाई ध्यानमा राखी यो एप ल्याएको हो ।


एमएचपीएल एप निम्नलिखित सुविधाहरूसहित निर्माण गरिएको छ 

  •  कर्जा विवरणहरूको जानकारी र बाँकी सावा रकम को भुक्तानी तालिका
  •  एपभित्र सुरक्षित र सुविधाजनक ईएमआई भुक्तानीका विद्युतीय विकल्पहरू उपलब्ध
  •   कर्जा अवस्थाको जानकारीको रियल टाइम नोटिफिकेसनहरू
  •   झन्झटमुक्त अनुभवका लागि युजर-फ्रेन्डली इन्टरफेस

काठमाडौँमा आयोजित एक औपचारिक कार्यक्रममा एमएडब्लू ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक श्री विष्णु अग्रवाल र एमएचपिलएलका महाप्रबन्धक प्राणनाथ भट्टराईले ‘एमएचपीएल एप’ को सुरुवात गरे ।

'एमएचपीएलमा हामी हाम्रा ग्राहकहरूका लागि निरन्तर रूपमा सुविधाहरू बढाउन हरसम्भव प्रयास गर्दै आएका छौँ । आजको ‘एमएचपीएल एप’ अनावरण हामीलाई हाम्रा ग्राहकसँग अझै बढी डिजिटल र प्रभावकारी ढंगले जोडिनका लागि एउटा कोसेढुंगा सावित भएको छ । एमएचपीएल एप मार्फत् अब ग्राहकहरूले आफ्ना कारोबारको रियल टाइम इनसाइटहरू प्राप्त गर्न सक्नेछन् । यो त केवल सुरुवात होस हामी बजारको मागलाई सम्बोधन गर्दै एपका सुविधाहरूलाई अझै समृद्ध बनाउन निरन्तर प्रतिबद्ध छौँ,' एमएचपीएलका महानिर्देशक प्राणनाथ भट्टराईले भने  । 

एमएचपीएल एमएडब्लू ग्रुपद्वारा प्रवर्धित र नेपाल राष्ट्र बैंकद्वारा इजाजत प्राप्त हायर पर्चेज क्षेत्रको एक चिरपरिचित नाम हो । कम्पनीले देशभरका ३० हजारभन्दा बढी ग्राहकहरूलाई आफ्नो सेवा प्रदान गरिसकेको छ । यसले हालसम्म आफ्नो व्यापक संजाल मार्फत् नेपालभर कुल १० अर्ब १९ करोड रुपैयाँको कर्जा प्रवाह गरिसकेको छ ।

एमएचपीएलले दुई पाङ्ग्रे सवारीसाधन, ईभी र फोसिल फ्युल लाग्ने दुवैखाले अटोमोबाइलहरू, सेकेण्ड ह्याण्ड कारहरू, व्यापारिक सवारीसाधनहरू इभी र फोसिल फ्युल इन्धन, भारी र कृषि उपकरणहरूलाई ऋण उपलब्ध गराउँछ । संस्थाले देशको अर्थतन्त्रलाई अगाडि बढाउन मद्दत गर्ने हेतुले स्वरोजगार सिर्जना गर्न विभिन्न उद्यमहरूलाई ऋण उपलब्ध गराउने जनाएको छ । 


Author

थप समाचार
x